बुसान फिल्म महोत्सव कोरियाली एकीकरणमा केन्द्रित

236

एसियाकै सर्वाधिक ठूलो चलचित्र महोत्सवका आयोजकहरूले यसपटक उत्तर र दक्षिण कोरियाको राजनीतिक विषयलाई मात्र नउठाउन आग्रह गरेका छन् । विगतका महोत्सवमा राजनीतिक विषय, खासगरी अन्तर–कोरियाले प्रमुखता पाउँदै आएको थियो । बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दक्षिण कोरियाली डुङ्गा दुर्घटनाको विषय समेटेर बनाइएको सिओल नामको चलचित्रले प्रमुखता पाएको थियो । दक्षिण कोरियाको यो डुङ्गा दुर्घटना सर्वाधिक हृदयविदारक मानिन्छ । यसले दक्षिण कोरियालीलाई गहिरो चोट पु¥याउनुका साथै मुलुकको आमजनमत नै दुई भागमा विभक्त भएको थियो । ‘यस पटकको महोत्सवको मुख्य विषयवस्तु नै एकीकरण हो,’ आयोजक समितिका अध्यक्ष ली योङ–क्वानले जनाए । ‘यो वर्ष सम्बन्ध विकासको वर्ष हो । यो सम्बन्ध विस्तार र सुधारको वर्ष पनि हो।’

यो महोत्सव बिहीबारदेखि ुुरु हुँदैछ । महोत्सवमा दक्षिण कोरियाका निर्देशक जेरो युनले निर्माण गरेको चलचित्र ‘सुन्दर दिनहरू (ब्यूटीफूल डेज)’ को प्रदर्शन आरम्भ गरिनेछ । यो चलचित्रमा दक्षिण कोरियामा राम्रो जीवनको आशामा उत्तर कोरियाबाट भागेकी एक आमाले उत्तरमा रहेका परिवारसँग भेटेको मार्मिक कथा समेटिएको छ ।

सन् २०१४ को सिओल डुङ्गा दुर्घटनाका बारेमा बनाइएको विवादास्पद वृत्तचित्रले महोत्सवमा चर्को बहस निम्त्याएको थियो । तर जेरोको यसपटकको चलचित्रले भने सबैको मन जित्ने अपेक्षा आयोजकको छ । ‘सिओलसँग सत्य लुक्न सक्दैन’ नामको यो वृत्तचित्रले सन् २०१४ अप्रिलमा भएको डुङ्गा दुर्घटनाको सम्बन्धमा तत्कालीन सरकारमाथि आक्रोश पोखिएको छ । यो डुङ्गा दुर्घटनामा तीनसय भन्दा बढी मानिस मारिएका थिए, र तीमध्ये अधिकांश बालबालिका थिए ।

तत्कालीन सरकारले आयोजकमाथि अनुसन्धान र अभियोग समेत लगाएको थियो, रकम कटौती गरेको थियो एवं महोत्सव आयोजक र सरकारबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो । ली र महोत्सवका उपनिर्देशक जे जिओनलाई शुरुमा पदबाट हटाइएको थियो तर यस वर्षको महोत्सवमा पुनः जिम्मेवारी दिइएको छ । राष्ट्रपति मून जाए–इनको वर्तमान सरकारले महोत्सवलाई सहयोग गर्ने वचनबद्धता व्यक्त गरिसकेको छ । ‘हाम्रो आशा छ, यस वर्षको महोत्सवले निर्माताहरूलाई एक ठाउँमा ल्याउने छ र महोत्सव पुनः सही मार्गमा आउने छ,’ महोत्सवका नाम दोङ–चुलले जनाए ।

महोत्सवको २३औं संस्करण आज अक्टोबर ४ देखि १३ सम्म चल्नेछ र ७९ देशका तीनसय २३ वटा चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा एक सय १५ वटा चलचित्रको ‘वल्र्ड प्रिमियर’ हुनेछ । कोरियाली चलचित्र उद्योगका कलाकारहरूको पनि महोत्सवमा ठूलै जमघट हुनेछ । चलचित्रका नायकहरू ली ना–योङ, पार्क हाइ–इल, मून सो–री समेतका प्रसिद्ध कलाकारको यहाँ सहभागिता हुनेछ । साथै, हलिउडका निर्माता जेसन ब्लूम, सुप्रसिद्ध चिनीया कलाकार झाओ ताओ तथा भारतीय चलचित्र निर्माता राजकुमार हिरानी पनि महोत्सवमा सहभागी हुने आयोजकले जनाएका छन् ।

ओस्कार पुरस्कार विजयी जापानी कम्पोजर रिउची साकामोतो पनि एसियन फिल्ममेकर अवार्ड ग्रहण गर्न महोत्सवमा आउनु हुनेछ । उहाँले महोत्सवको उद्घाटन कार्यक्रममा कला प्रस्तुत गर्नुहुनेछ । महोत्सवमा धेरैवटा पुरस्कार जितिसकेको हङकङका चलचित्र निर्माता स्टान्ले क्वान पनि आफ्नो पछिल्लो चलचित्र ‘फस्र्ट नाइट नभ्र्स’ सहित उपस्थित हुनुहुनेछ । स्थानीय चलचित्रहरू पनि यहाँ प्रदर्शन गरिनेछ । कोरियाली सिनेमा शीर्षकमा १६ वटा चलचित्रको ‘वल्र्ड प्रिमियर’ प्रदर्शन गरिने छ । कुनै समय के–पपमा आबद्ध रहिसकेकी चोइ सू–योङ पनि आफ्नो प्रमुख भूमिकामा बनेको चलचित्र ‘मेमोरीज अफ अ डेड इन्ड’ का साथ महोत्सवमा सहभागी हुनु हुनेछ ।

महोत्सवको मुख्य प्रतिस्पर्धा सातवटा मुलुकका १० वटा चलचित्रबीच हुँदैछ । यसपटक महोत्सवमा भूटानी कलाकार टासी ग्येल्त्सेनको ‘द रेड फाल्लुस’ नाटक मञ्चन हुँदैछ । हङकङका चलचित्र निर्माता युएन ऊ–पिङ पनि एक्सन चलचित्र ‘मास्टर जेडः दि आइपी म्यान लिगेसी’ को निर्देशकको रूपमा आएका छन् । महोत्सवमा पहिलो मलेसियाली चलचित्र निर्देशक जाहिर ओमार पनि आफ्नो प्रतिभा देखाउन यहाँ आउनुहुनेछ । बुसान चलचित्र महोत्सवले हाम्रो कलालाई विश्व समुदायसम्म लैजान मद्दत गर्ने विश्वास लिएको छु, ओमारले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here