राष्ट्रिय पत्रिका जलाउने ४ जना पक्राउ

50

कैलाली/ गत बुधवार गोदावरीमा राजधानी सारेको विरोधमा समाचार प्रकाशन गरेको भन्दै राष्ट्रिय पत्रिका जलाइएको थियो । राष्ट्रिय पत्रिका जलाएको आरोपमा कैलाली प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ।

कैलालीको अत्तरीयामा जलाइएको पत्रिकाबारे छानबिन गर्ने क्रममा अत्तरीयाकै मुन्ना विक, दुर्गा अधिकारी, धर्म कुँवर र धर्मानन्द विकलाई जिल्ला प्रहरीको टोलीले पत्रलाउ गरेको हो ।

समाजिक कसुर अन्तर्गत कारवाही गरीने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरी वलीले जनाए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रदेशका लागि ल्याइन लागेका कान्तिपुर, काठमाण्डौ पोष्ट, अन्नपुर्ण पोष्ट र नागरीक दैनिक पत्रिका अत्तरीयामा जबरजस्ती खोसेर जलाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here