६३ औं प्रहरी दिवसलाई प्रशंसा गर्दै प्रधानमन्त्री, चूप रहे बादल

198

काठमाडौं/ ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापनामा खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे भने संगै गएका गृहमन्त्री रामबहादुर थापा बादलले भने कुनै औपचारिक सम्बोधन गरेनन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य राखे । त्यसपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यवाद मन्तव्य राखे । तर, गृहमन्त्री बादलले भने प्रहरी दिवसमा औपचारिक सम्बोधन गरेनन् ।

प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार बिहान आयोजित समारोहमा प्रमुख अतिथिमा प्रधानमन्त्री केपी शर्मा ओली साथै गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापनामा खेलिरहेको भूमिकाबारे प्रंशसा गर्दै २०१२ सालमा मुक्ति सेनाबाट नेपाल प्रहरी जन्मिएको भन्दै नागरिकसँग प्रहरीको सम्बन्ध राम्रो हुनुपर्ने जनाए ।

नेपला प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता पाएको भएता पनि कुनै एउटा विषयमा अपराध अनुसन्धान राम्रो गर्न नसक्दा नकारात्मक असर पर्न जाने जनाउँदै प्रधानमन्त्री ओलीले आफ्नो कर्तव्यको सिलसिलामा ज्यान गुमाउने प्रहरीहरुमाथि श्रद्धासुमन व्यक्त गरे ।

समारोहमा गृहमन्त्रीले पनि सम्वोधन गर्ने धेरैले अपेक्षा गरेका थिए । तर, मन्त्री थापाले कार्यक्रमलाई औपचारिक सम्बोधन गरेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here