काठमाडौं / नेपाल राष्ट्र बैंकले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी बिल कात्तिक २७ गते, ९१ दिने ट्रेजरी बिल २०७५ माघ १ गते परिपक्क हुनेछ भने १ सय ८२ दिने ट्रेजरी बिल २०७६ वैशाख ३ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल खरिद गर्नका लागि सोमबार ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन पाइनेछ।
केन्द्रीय बैंकले २८ दिन अवधिको लागि ३ अर्ब २५ करोड, ९१ दिनका लागि ३ अर्ब र १ सय ८२ दिनका लागि २ अर्ब २५ रुपैयाँ बराबरको बिल जारी गर्न लागेको हो ।

















