काठमाडौं / चितवनमा फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कोरियन कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको छ।
रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो।
कम्पनीले विभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने जनाएको छ। शतप्रतिशत कोरियन प्रविधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरोधी,सस्तो र ६० बर्ष टिकाउ हुने जनाइएको छ।
कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ।
यो प्रविधिले चितवन लगायत तराइवासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ। त्यसैगरी पहाडी र हिमाली भागमा बसोबासीका लागि पनि वरदाननै साबित हुने छ।

















