सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको मृत्युको झुटो खबर भाइरल

200

काठमाडौं / ज्वरो तथा श्वास प्रश्वास लगायतका समस्याका कारण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक-दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार बिहान जारी गरेको विज्ञप्तिअनुसार रगतको परीक्षण र छातिको एक्सरेको रिपोर्ट सकारात्मक आएको छ ।

तर अहिले उनी अस्वस्थ्य भएको खबरलाई लिएर सामाजिक सञ्जालमा तहल्का मच्चिएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको मृत्युको खबर भनेर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा ओलीको मृत्युको झुटो खबरमा यस्तो फोटो पोष्ट गरिएको छ ।

 

Image may contain: 2 people, text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here