खोटाङ / पासाङ ल्हामु बहुमुखी कृषि फर्म बुवालुङ-८ दोर्पा, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले वडाकी पहिलो एम.बि.बि.एस पास गर्न सफल डा. यमुना थापालाई सम्मान गरेको छ ।
वडाका निर्वाचित सदस्य बलिरत्न राईको प्रमुख आतिथ्यमा डा. थापालाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि राईले दोसला ओडाएर डा.थापालाई सम्मान गरेका थिए भने कृषि फर्मका सञ्चालक जे.पी राईले सम्मानपत्र प्रदान गरेका थिए ।
मन्तव्यको क्रममा डा. थापाले आफ्नो सम्मानमा अमुल्य समय दिएको भन्दै सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले भनिन् ‘यो सम्मानले मलाई अझ जिम्मेवारीबोध गराएको छ । मेरो सफलतामा फेरि अर्को खुशी थपिएको छ । तर यसलाई मैले चुनौतिका रूपमा लिएकी छु र मैले मेरो ठाउँलाई केही दिनु पर्छ भन्ने अठोट पनि गरिसकेकी छु ।’
कृषि फर्मले गत असोज २७ गते देखि यस वडाका विभिन्न क्षेत्रमा उच्चस्थान हासिल गर्न सफल व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।


















