काठमाडौं / नेपाल र अमेरिकाको द्विपक्षीय हितका बारे अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
बेरी सन् २००७ देखि २००९ सम्म नेपालस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा कार्यरत थिए। अमेरिकी राजदूत एलियानिया बी टेपलिजको कार्यकाल सकिएपछि उनलाई राजदूतमा नियुक्त गरिएको थियो।
बेरी समलिंगी हुन्। उनलाई सन २०१५ मा तत्कालीन अमेरिकी विदेश मन्त्री जोन केरीले समलिंगी अधिकार प्रवर्द्धनका लागि पहिलो विशेष दूत नियक्त गरेका थिए।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बेरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।


















