सल्यान / नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको दशौँ पूर्ण बैठक छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरा अवस्थित चाँदनी साततले गुफामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष प्रतीक इच्छुक शर्माको अध्यक्षता एवम् केन्द्रीय सदस्य टेकराज शाहीको प्रमुख आतिथ्यतामा बसेको बैठकले एक प्रेस विज्ञप्ती जारी गर्दै निणर्य सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका ४ बुँदे निर्णय यस प्रकार छन् :
१) नेपाल पत्रकार महासंघ सल्यान शाखाको स्थापना २०५२ साल मंसिर ४ गते भएकाले २०७५ मंसिर ४ गते स्थापना दिवशको अवसर पारि विभिन्न कार्यक्रम गर्ने निणर्य गरियो ।
क) २०७५ मंसिर ३ गते जिल्ला अस्पताल सल्यान परिसर सरसफाई, जिल्ला अस्पताल सल्यानमा अहिलेसम्म सवै भन्दा वढि रक्तदान गर्ने ब्यक्तिलालई सम्मान ।
ख) २०७५ मंसिर ४ गते जिल्ला शाखा स्थापना हुदाका पदाधिकारी, सदस्यहरु र पूर्व अध्यक्षहरुको सम्मान ।
२) नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको साधारणसभा कपुरकोट गाउँपालिकाको कपुरकोटमा २०७५ मंसिर ८ गते गर्ने र जसका लागी स्थानीय तह संग आवश्यक समन्वय गर्ने निर्णय गरियो ।
३) धार्मिक एवम् पर्यटकिय स्थलको रुपमा रहेको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा अवस्थित चाँदनी साततले गुफाको आवश्यक पूर्वाधार निर्माण गरि पर्यटन प्रर्वद्धनका लागि आवश्यक पहल गर्न स्थानीय तह, प्रदेश सरकार लगायत सम्वन्धित निकार्यलाई आग्रह गर्दछौ । पर्यटकिय संभावना वोकेको यस क्षेत्रको प्रचार प्रसार गर्ने प्रतिवद्धता ब्यक्त गर्दछौ ।
४) नेपाल पत्रकार महासंघ सल्यानको वैठकको ब्यवस्थापनको जीम्मेवारी पुरा गर्नुका साथै न्यानो आतिथ्यताका लागि चाँदनी साततले गुफा ब्यवस्थापन समिति, वडा नम्वर ५ का जनप्रतिनिधी लगायत स्थानीयलाई धन्यवाद ज्ञापन गर्दछौ ।
















