भूटानी शरणार्थीलाई घर फर्काउन पहल गरिने

213

काठमाडौ २९ कात्तिक । नेपालमा रहेका भूटानी शरणार्थीलाई घर फर्काउन पहल गरिने भएको छ । सत्ताइस वर्षदेखि शरणार्थी जीवन विताइरहेका उनीहरुलाई घर जाने वातावरण बनाउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले भूटान र नेपाल सरकारसँग वार्ताको पहल गर्ने भएको छ ।

मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग भएको भेटघाटमा युएनएचसीआरका एशिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसीआर सधैँ लागिरहेको बताए ।

“युएनएचसीआरले लगातार प्रयास नगरेको पनि होइन, अझै पनि नेपाल र भूटानसँग कुराकानी गर्न तयार छ, फेरि कोशिस गरौँ,” उनले भने ।

निर्देशक रवाट्टेले तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणार्थी र शिविरमा बाँकी रहेका शरणार्थीको छुटेका परिवारलाई एक ठाउँ ल्याउनेतर्फ युएनएचसीआरले पहल गर्ने बताए ।

हाल पूर्वका झापा र मोरङमा विभिन्न शिविरमा गरी ६ हजार ५०० शरणार्थी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here