विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण

801

पाल्पा / पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ ।

गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न सेनेटरी प्याड वितरण गरिएको हो ।  विद्यालयमा वितरण गरिएको सेनेटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here