काठमाडौं / सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले स्व राजा वीरेन्द्रसहित परिवारका नाममा रहेको जग्गा अब ट्रस्टको नाममा रहेको जानकारी दिनुभएको छ ।
यही कात्तिक २५ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सो दिनको बैठकले काठमाडौं महानगरपालिका–१३ कमलादी र मध्यपुर थिमि नगरपालिकामा रहेको ७१ रोपनी जग्गा ट्रस्टको नाममा रहेको कायम गर्ने निर्णय गरेको छ ।


















