काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटल स्वास्थ्य व्यवसायमा उत्कृष्टता (विजिनेश एक्सलेन्स इन हेल्थ केयर), नामक एक विश्वस्तरीय पुरस्कार/सम्मान हात पार्न सफल भएको छ ।
संयुक्त राज्य अमेरिकास्थित टेक्सास शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमर्सको एक निकाय World Confederation of Businesses (WORLDCOB) ले दि बिज सम्मान (THE BIZZ) एक विशेष समारोहबीच नर्भिकलाई कार्तिक ३० गते शुक्रबार साँझ अर्पण गरेको हो ।
सम्मान अर्पण समारोहका प्रमुख अतिथि उपप्रधान, तथा स्वास्थ्य एंव जनसंख्या मन्त्री उपेन्द्र यादवले उक्त सम्मान नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई अर्पण गर्नुभयो । सो अवसरमा नर्भिकलाई वल्र्डकबका विदेश मामिला निर्देशक निकोलस कफारोले Elite Member समेत प्रदान गर्नुभयो ।
उक्त सदस्यता नर्भिक हस्पिटलका अध्यक्ष बसन्त चौधरीले ग्रहण गर्नुभएको थियो । दि वल्र्डकबले ‘दि बिज’ नामक उक्त सम्मानका खातिर विश्वभरका अर्थात् पाँचै महादेशका उत्कृष्ट व्यवसायिक संघ संस्था तथा व्यक्तित्वहरुलाई एकत्रित पार्ने, विश्व सञ्जालसँग आवद्ध बनाउने, सम्मानित गर्ने आदि गर्दछ । दि वल्र्डकवद्वारा दि बिज सम्मान विश्वव्यापी अगुवाहरुलाई विविध सेवा/सुविधाका माध्यमबाट तिनका आर्थिकस्तर एवम् व्यवसायिक प्रतिष्ठा बढाउने अभिप्रायले स्थापना गरिएको कार्यक्रममा जनाइएको थियो ।
सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै विश्वव्यापी रुपमा मूल्य र मान्यतामा आधारित व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्विमा सहयोग पु¥याउनु रहेको छ । विश्वका १२० भन्दा बढी राष्ट्रहरुमा दि वल्र्डकबका तीन हजार भन्दा बढी सदस्यप्रतिष्ठान्हरुको सञ्जाल रहेको छ । यो सम्मानले व्यवसायको नैतिक अभ्यासलाई प्रवद्र्धन गर्दै अनुकरणीय एवम् अनुसरणीय व्यवसायिक उदाहरणहरु स्थापित गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धि व्यवसायहरुले निर्धारित मापदण्डलाई अनुसरण गरुन् भन्ने अभिप्राय राख्ने जानकारी गराइएको थियो ।
दि विज अवार्ड लगत्तै नर्भिकका ख्याति अभिवृद्धिमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरु सम्मानीत भएका थिए । तिनमा प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य (उत्कृष्ट नेतृत्व), कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह, दिपेन्द्र मिश्र, रवि शर्मा र अंकित अग्रवाल (उत्कृष्ट व्यवसाय व्यवस्थापन) प्रविण डावर र प्रदीप झा (उत्कृष्ट बजार व्यवस्थापन) तथा कपिल गौतम (उत्कृष्ट गुणस्त्तर व्यवस्थापन) रहेका थिए ) ।
वल्र्डकबद्वारा जारी सूचनाअनुसार स्थापित मापदण्डमा आधारित छनौट मापदण्डहरु जस्तैः व्यवसायिक अगुवाई, सेवाको गुणस्त्तर, प्रभावकारी तथा गुणस्त्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास, उत्कृष्ट चिकित्सा नैतिकताको अवलम्बन, विरामीे सुरक्षा हस्पिटलजन्य सङ्क्रमणको नियन्त्रण लगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा नर्भिक हस्पिटलले हासिल गरेको उत्कृष्ट नतिजा रहेका थिए ।
स्वास्थ्य सेवा जस्तो जटिल क्षेत्रमा उत्कृष्टता हासिल गरेकोमा दि वल्र्डकबले नर्भिक व्यवस्थापनलाई बधाई दिदै भविष्यमा उत्कृष्टताको सगरमाथा चुमोस् भन्ने कामना समेत गरेको छ । उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम ‘ग्लोवल ग्रिन एण्ड हेल्दी हस्पिटल्स्’, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । नेपालमै सर्वप्रथम आइ. एस. ओ. प्रमाणीकरण पाउने नर्भिक हस्पिटलले यसपूर्व युरोप विजिनेश एसेम्ब्ली, वेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, र नेपालको उत्कृष्ट Employer Brand जस्ता सम्मान/पुरस्कार प्राप्त गरिसकेको छ ।
सम्मान/पुरस्कार समारोह नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरु भएको थियो । आफ्नो स्वागत मन्तव्यका क्रममा वोल्दै चिकित्सा सेवाका गुणस्तर अझै उकास्न अथक प्रयास गर्दै भविष्यमा थप अन्तर्राष्ट्रिय प्रशंसा/सम्मान प्राप्त गर्ने लक्ष्य रहेको जनाउँदै यो सम्मान केवल सुरुवाती मात्रै भएको र अझ सफल हुने प्रतिबद्धता मेघा चौधरीले व्यक्त गर्नुभयो ।
लगत्तै वल्र्डकबका अन्तराष्ट्रिय मामला निर्देशक निकोलस कफारोले वल्र्डकव तथा यसका गतिविधिमाथि प्रकाश पानुृभउको थियो । वल्र्डकबले आ–आफ्नो क्षेत्रका विश्वका उत्कृष्ट व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुलाई सम्मान गर्ने गरेको जानकारी गराउँदै नर्भिकलाई प्राप्त सम्मानले उसलाई अझ बढी प्रतिबद्ध, पेशेवर पार्दै यसको चिकित्सा सेवामा थप उत्कृष्टता दिएर स्वदेशी तथा विदेशी विरामीहरुलाई अझ परिस्कृत सेवा पु¥याउन सक्षम पार्ने उहाँले आशा व्यक्त गर्नुभयो ।
आउँदो २ वर्षभित्र नर्भिकले थप चिकित्साविधालाई विशिष्टिकरण गर्ने, उच्च प्रविधि भित्र्याउने, सेवाका स्त्तरलाई अझै उकास्ने, गुणस्तरीय सुधार गर्दै नर्भिकले सर्वप्रथम असमयको बुढ्यौली रोक्ने चिकित्सा र स्टेम सेल थेरापीमा हात हाल्नेबारेमा नर्भिकका अन्तर्राष्ट्रिय चिकित्सा सल्लाहकार डा. एरिकले जानकारी गराउनुभयो । पश्चिमी मुलुकहरुमा विगत केही वर्षयता जटिल रोगका उपचारमा स्टेमसेल थेरापीको प्रयोग अत्यधिक मात्रामा बढिरहेको परिप्रेक्ष्यमा उहाँले उक्त जानकारी गराउनु भएको हो ।
यसको उत्कृष्ट संस्थागत सामाजिक उत्तरदायित्व नर्भिकजस्ता नेपाली हस्पिटलमा हाल हरेक सुविधा तथा प्रविधि र उत्कृष्ट चिकित्सकीय मानव संशाधन उपलब्ध रहेका हुँदा स्तरीय चिकित्सा उपचारको नाममा विदेश धाउने प्रवृत्ति र धनराशी रोक्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
समारोहका प्रमुख अतिथि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चिकित्सा सेवाको उत्कृष्ट गुणस्तर कायम राख्न नर्भिकले गरेको निरन्तर प्रयास, सिद्धहस्त चिकित्सा विशेषज्ञहरुको टोली, सुसज्जित निदानात्मक प्रविधि र स्तरीय व्यवस्थापनका कारण हाल नेपालमा लगभग सवै खाले चिकित्सा उपचार सम्भव भएको जनाउनु भयो । नर्भिकले यस क्षेत्रमा अगुवाको भुमिका निभाएको हुँदा यसले थप प्रगतिका खुड्किलाहरु पार गर्दै निश्वस्तरीय हस्पिटल बन्न सकोस्, नेपालीहरु उपचारका लागि विदेश धाउने होइन कि बरु विदेशीहरु तिनको उत्कृष्ट चिकित्सा उपचारका लागि नेपाल आउने वातावरण बनोस् भन्ने कामना मन्त्री यादवले गर्नुभयो ।
राजधानीको विग्रँदो वातावरणीय प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै प्रदुषण नियन्त्रण गर्न सक्ने भए धेरै नेपालीहरु रोगमुक्त हुनसक्ने उहाँले जनाउनु भयो । सबै नेपालीहरुलाई आधारभुत स्वास्थ्य सेवा पु¥याउन स्वास्थ्य बीमालाई प्रबद्र्धन गर्दै निजी र सरकारी हस्पिटलहरु हतेमालो गर्दै अघि बढ्नुपर्ने उहाँले सुझाव पनि राख्नु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नर्भिक हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले यसखाले विश्वस्तरीय पुरस्कार÷सम्मानबाट सम्मानीत हुनु केवल नर्भिक परिवारका लागि मात्रै नभएर समग्र नेपाली चिकित्सा फाँटकै लागि र देशकै लागि गौरवको विषय भएकोमा खुशी व्यक्त गर्नुभयो ।



















