Home समाचार प्रहरी तालिम केन्द्रमा आँखा नलगाउँनुस् ,राष्ट्रपतिलाई नारायणहिटी दरबारमा सार्नुस

प्रहरी तालिम केन्द्रमा आँखा नलगाउँनुस् ,राष्ट्रपतिलाई नारायणहिटी दरबारमा सार्नुस

156

काठमाडौं  / नेपाल प्रहरीका अधिकृतहरूले राष्ट्रपति निवास र कार्यालय विस्तारका लागि प्रहरी प्रशिक्षण तथा प्रतिष्ठान (अधिकृत तालिम केन्द्र) हटाउने निर्णयको चर्को विरोध गरेका छन्  ।

१३ औं महानगरीय प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी अधिकांशले तालिम केन्द्रमा राष्ट्रपति भवन सार्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

महानगरीय प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व एआइजी डा. गोविन्दबहादुर थापाले प्रहरी प्रतिष्ठान हटाउने निर्णय आपत्तिजनक भएको जनाइरहँदा सहभागी अधिकांश तालीले विरोधमा सहमति जनाए ।

पूर्व एआइजी थापाको भनाइ -` प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति भवन विस्तार गर्ने निर्णय आपत्तिजनक छ, म यसको विरोध गर्छु, आपत्ति जनाउँछु´।
पूर्व एआइजी थापाले यसो भनिरहँदा तत्कालै पुलिस क्लवमा सहभागीले एकै पटक ‘गडडड……..’ तालीले पूर्व एआइजी थापाको भनाइमा ऐक्यवद्धता जनाए । थापाले थप उत्साहित हुँदै भने, `बरु राष्ट्रपतिलाई नारायणहिटी दबारमा सार्नुस, सुरक्षा, पार्किङ, हेलिप्याड सबै सुविधा उपलव्ध छ तर प्रहरी तालिम केन्द्रमा आँखा नलगाउँनुस् ।´
`हो.. हो…एआइजी सावले भनेको कुरा ठीक हो, एकेडेमी सार्न पाइदैन ।´ अवकासप्राप्त उच्च अधिकृत तथा जवानहरूले थापाको कुुराको समर्थन जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here