प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु

231

काठमाडौ, ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’ बुधबारबाट सुरु भएको छ । नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्रविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच उद्घाटन गरेका छन् ।
प्रतियोगितामा विभागिय टिमहरु लगायत पहिलो पटक ७ प्रदेशका महिला फुटबल टिमहरु र भारतको महिला फुटबल टिम गरी जम्मा १२ टिमको सहभागिता रहेको छ । २०७० सालबाट शुरु भएको उक्त प्रतियोगितमा पुरस्कार राशी क्रमशः प्रथमलाई तीन लाख, द्वितियलाई एक लाख ५० हजार र तृतियलाई ५० हजार नगद तथा उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनिको स्कुटर समेत रहेको छ । मंसिर १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताका सबै खेलहरु नक आउटका आधारमा खेलाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here