काठमाडौं / कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुवा यज्ञराजलाई काठमाडौं त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बसेका यज्ञराज केही दिनयता मानसिक स्थिति असामान्य देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो ।
विमानबाट ल्याउने तयारी गरिएपनि विमान कम्पनीले यज्ञराजलाई ल्याउन नमानेपछि उनलाई गाडीमा ल्याइएको हो ।
शिक्षण अस्पताल ल्याइएका यज्ञराजलाई आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ । उनको उपचारमा डा तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ ।
बाटोमा धेरै बर्बराउने र उफ्रिने गर्दा कंचनपुर बाट शिक्षण अस्पताल ल्याइपुर्याउदा उनको खुट्टा समेत फ्याक्चर भएको छ । एक्सरेको रिपोर्टमा पन्तको खुट्टा फ्याक्चर भएको देखिएको छ ।
उनलाई अस्पताल कै मानसिक वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

















