आफ्नै सालीलाई राजदूत सिफारिस गरेको भनेपछि प्रधानमन्त्रीको बिहे चर्चा

424

काठमाडौं / आइतबारको संसदीय सुनुवाइ विशेष समिति बैठकले चारै जना राजदूतकोे नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय समितिबाट अनुमोदन भएसँगैे नियुक्तिका लागि बाटो खुलेको छ ।

संसदीय समितिले चारै जनालाई आइतबार बोलाएर सुनुवाइ गरेको हो। प्रस्तावित राजदूतसँग समितिमा सांसदले व्यक्तिगत प्रश्न नगरी भावी योजना, सम्बन्धी देशसँग नेपालको सम्बन्ध सुदृढ र राजदूतले गर्नुपर्ने कामका विषयमा प्रश्न गरेका थिए ।

इजरालयका लागि प्रस्तावित राजदूत अन्जान शाक्यलाई प्रधानमन्त्री ओलीकी साली नाता पर्ने भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित/प्रसारित भएपछि राजदूतको सुनुवाइ समितिमा प्रधानमन्त्री केपी ओलीको बिहेकोे विषयले चर्चा भएको हो ।

संसदीय समितिबाट अनुमोदन भएका भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युनाइटेड अरब इमिरेटस (यूएई) का लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि प्रस्तावित राजदूत अन्जान शाक्य रहेका हुन् । केहिसमयअघि सञ्चारमाध्यममा ओलीकी साली नाता पर्ने भन्दै शाक्यको नाम ओलीले आफ्नै नाता पर्नेलाई सिफरिस गरेको भन्दै ओलीको कडा आलोचना गरिएको थियो ।

सञ्चारमाध्यममा ओलीकी साली नाता पर्ने भन्दै शाक्यका विषयमा झुटा भ्रमिक समाचार प्रकाशित भएको भन्दै खण्डन गरिएको छ । संघीय समाजवादी फोरममा राजेन्द्र श्रेष्ठ र कांग्रेसका भीमसेनदास प्रधानले सञ्चारमाध्यममा आफ्नै नाता पर्नेलाई सिफरिस गरेको भन्दै प्रकाशित समाचारको खण्डन गरेका हुन् ।

फोरमका श्रेष्ठले कुनै साइनो पनि नभएकालाई फलानीको साली भनेर लेख्नु गलत भएको जनाए ।  समितिमा नेकपाका नेता पाण्डेले पनि राजदूतमा सिफारिस शाक्य र प्रधानमन्त्रीको कुनै पनि नाता नपर्ने दाबी गरे । ‘केपी ओलीको बिहे नै मैले गरिदिएको हूँ,’ ठट्यौली शैलीमा पाण्डेले भने, ‘कुरै नबुझी पत्रकारले समाचार लेख्ने गरेकाले बेला बेलामा समस्या आइलाग्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here