रामजानकी विवाह महोत्सव धुमधामका साथ मनाइँदै

193

जनकपुर / रामजानकी विवाह महोत्सव जनकपुरधाममा विधिवत शुरु भएको छ । विवाह पञ्चमीको महोत्सवमा सहभागी हुन श्रद्धालुहरुको जनकपुर आउने क्रम जारी छ । बिहानै देखी भक्तजनहरुको घुँइचो लागेको छ ।

जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता र रामको विवाह धुमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यहि बेलादेखि विवाह पञ्चमी उत्सव मनाइदै आएको हो । सात दिन सम्म चल्ने विवाह महोत्सवको पहिलो दिन शुक्रबार नगर दर्शनको कार्यक्रम रहेको छ । सोमबार अयोध्याबाट जन्तीहरुकको एक समूह जनकपुर आएसँगै श्रद्धालु भित्रिने क्रम सुरु भएको हो । मंगलबार र बुधबार श्रद्धालु भित्रिने संख्या बढ्दै गइरहेको छ ।

रामजानकी महोत्सवको क्रममा सात दिने विशेष कार्यक्रम जानकी मन्दिरले सार्वजनिक गरेको छ । सात दिनमा नगर दर्शनका अतिरिक्त फुलवारी लिला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा हुने छ । रामजानकी महोत्सवका लागि जनकपुरमा पर्यटकहरुको पनि भीड बढेको छ ।

रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट जन्ती लिएर नेपालको मिथिला सम्म आउने प्रचलन रहिआएको छ । विवाह पञ्चमी हेर्नका लागी छिमेकी देशका पाहुना र नागरिकहरुको घुँइचो लाग्ने गर्दछ।

सप्ताहव्यापी रामजानकी विवाह महोत्सवको मुख्य आयोजन बुधबार हुनेछ । मुख्य आयोजनमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने कार्यक्रम छ । विशेष विमानबाट जनकपुर आउने मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजा अर्चना गर्नुका साथै प्रदेश सरकारले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम छ । त्यस पछि उनी बाह्रबिघा पुग्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here