ए डिभिजन लिग फुटबलमा थ्रीस्टार र आर्मी बराबरी

84

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब र आर्मी क्लब बिच भएको खेल बराबरीमा टुंगिएका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा थ्रीस्टारले अन्तिम समयमा आर्मीलाई रोक्न नसक्दा १–१ गोलको बराबरी खेलेतापनि निर्धारित ९० मिनेटको समयसम्म थ्रीस्टार १–० गोलले अघि रहेको थियो । थ्रीस्टारका सबै खेलाडी ढुक्क भई खेलिरहेकाले चार मिनेटको अफिसियल अतिरिक्त समय थप गरियो । तर यो अवधिमा आर्मीले अतिरिक्त समयको तेस्रो मिनेटसम्म आर्मी एक गोलले पछि नै परेको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीले फ्रिकिकलाई आर्मीका जर्जप्रिन्स कार्कीले रोनाल्डोको शैली अपनाउने व्रmममा करिब ३० सेकेन्ड समय बाँकी छदा बललाई थ्रीस्टारको पोष्टमा जाली चुमाउन सफल भयो ।

उनले उत्कृष्ट फ्रिकिक प्रहार गर्दै गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी बनायो । त्यसलगतै थ्रीस्टारले बल रिलिज गरेसँगै खेल सकियो ।

यसअघि पहिलो हाफसम्म भने दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको दोस्रो हाफमा थ्रीस्टारले गोल गर्दै आर्मीविरुद्ध अग्रता बनाएको थियो । निराजन खड्काले खेलको ७० औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई १–० गोलको अग्रता दिलाए । तर अन्तिम समयमा आर्मीले उत्कृष्ट पुनरागमन गर्न सक्यो ।

दुबै टिमले बराबरी खेल्दै अंक बाँडेसँगै यसको प्रत्यक्ष फाइदा मनाङ मर्स्याङ्दी क्लबलाई पुग्यो । उपाधि होडमा रहेका आर्मी र थ्रीस्टारको उपाधि होड भने केही कठिन भएको छ ।

लिगको दोस्रो स्थानमा उक्लिने अवसर पनि थ्रीस्टारले बराबरी खेलेसँगै गुमाएको छ । थ्रीस्टारको ९ खेलबाट २२ अंक भएको छ । समान खेल खेलेको आर्मीको १८ अंक हुदै लिगको शीर्ष स्थानमा रहेको मनाङको ९ खेलबाट २७ अंक रहेको छ भने लिगको दोस्रो स्थानमा रहेको संकटाको २४ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here