बाँदरकै कारण बिहे रोकिएको गाउँ

197

छिमेकी मुलुक भारतको बिहारस्थित एक गाउँका गाउँलेहरूले बाँदरको आतंकका कारण बिहे गर्ने उमेरका कन्याहरूले बिहे गर्न पाएका छैनन् ।

बिहारको राजधानी पटनाबाट ७५ किलोमिटर टाढा रहेको भोजपुर जिल्लास्थित रतनपुर गाउँ बाँदर आतंकले पीडित छ । यो गाउँ यति कुख्यात भैसकेको छ कि त्यहाँ जन्ती गएमा जिउँदै फर्किने ग्यारेन्टी हुँदैन भन्ने अफवाह चलेको छ । जसका कारण उक्त गाउँका कन्याहरूलाई बिहे गर्नका लागि कुनैपनि युवक जन्ती लिएर बेहुलीकोमा जाने आँट गर्दैनन् ।

बाँदरकै कारण गाउँमा अविवाहित युवतीहरूको संख्या बढिरहेको छ । बाँदरले जन्तीमाथि आक्रमण गरेर बिहे बिथोलिदिएको घटनापछि रतनपुर गाउँ बाँदरसेनाको आतंकले कुख्यात बन्यो । त्यसपछि रतनपुरका कन्या बिहे गर्नका लागि अन्य गाउँका मानिसहरू जन्ती लिएर आउने आँट गर्न सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here