एजेन्सी/अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस् पराजित भएको भन्दै सिरियामा खटाइएका अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका छन्।
पेन्टागनले अर्को सैन्य कारबाहीको तयारी गरिरहेको अवस्थामा उसले थप विवरणहरू भने दिएको छैन। त्यसकारण ट्रम्पको कदमको देशभित्र र बाहिर आलोचना भइरहेको छ।
करीब २ हजारको संख्यामा रहेका अमेरिकी सैनिकहरूले आईएस् लडाकुहरूको पकड क्षेत्रबाहेकका उत्तर पूर्वी सिरियाको अधिकांश भूभाग इस्लामिक स्टेट समुहको कब्जाबाट अलग गर्न मद्दत गरेका थिए।
सुरक्षा अधिकारीहरूले सिरियामा आईएस् लडाकुलाई पुनस् संगठित विथोल्नका लागि अमेरिकी सैनिकहरूको उपस्थिति चाहेको भन्ने बुझिन्थ्यो।
अमेरिकी फौज फर्काइएपछि सिरियामात्र नभइ रुसी भूभाग र इरानसमेत प्रभावित बन्ने डर बढेको छ।
पेन्टागन र ह्वाइट हाउसले जारी गरेको बक्तव्यमा अमेरिकाले आफ्ना सैन्य फौजहरू अमेरिका फर्काउन थालेको र अभियानको अर्को चरणमा जाने तयारी भइरहेको उल्लेख छ।
पेन्टागनले अर्को चरण बल सुरक्षा र परिचालन सुरक्षा कारणहरूको लागि हुने बताएको छ।
राष्ट्रपति ट्रम्पले ऐतिहासिक जितहरूपछि आफ्ना सैनिकहरूलाई घर फर्काउने बेला जनाएका छन् । लामो समयअघिनै सिरियाबाट आफ्नो फौज हटाउने प्रतिवद्धता व्यक्त गरेका थिए। पछिल्लो घोषणाले उनका कतिपय अधिकारीहरूलाई आश्चर्यचकित पारेका छन् ।
उनको कदमको उनी निकट नेता देखि ब्रिटेन लगायतका अमेरिकाका मित्र शक्तिलाई चकित पारिदिएको छ।
उनीहरूले सिरियामा आइएसको खतरा अझै बाँकी रहेको बताएका छन्।


















