ललितपुर / मित्रराष्ट्र चीनको बेईजिङ्ग स्थित Peoples Liberation Army 301 Hospital विशिष्ट चिकित्सक प्राध्यापक डा. लियु रोङ्ग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा परराष्ट्र मन्त्रालयको सहयोगमा नेपालमा डाईजेष्टिभ डिजिज र हेपाटोबिलियारी सम्बन्धी रोगको उपचारका लागि आवश्यक सहयोग आदान प्रदान गर्ने उद्देश्यले २०७५ पौष ५ गते नेपाल मेडीसिटीका चिकित्सकहरुसंग अन्तक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

सञ्चार माध्ययमसंग प्रतिक्रिया दिदै एक रोबोटको लागी ४० लाख अमेरिकि डलरसम्म पर्ने र जनशक्ति पनि सोहि अनुसारको दक्ष चाहिने भएकाले रोबोटिक शल्यक्रिया केहि महंगो पर्ने डा.लियुले जनाउनुभयो । उहाँले भविष्यमा नेपालसंगै शैक्षिक तथा स्वास्थ्य सचेतनाका सवालमा मिलेर काम गर्ने प्रशस्त सम्भावना रहेकोमा समेत जोड दिनुभयो ।

अस्पतालको विभिन्न स्थानको अवलोकन गर्नुभएका प्राध्यापक रोङ्गले मेडीसिटी अस्पतालको प्रशंसा समेत गर्नुभयो । सरसफाई र छिटो सेवा दिने सन्दर्भमा चीनका अस्पतालभन्दा अघि रहेको प्रतिक्रिया उहाँले दिनुभयो ।

प्राध्यापक डा. रोङ्गले ३ हजार भन्दा बढीको संख्यामा रोबोटिक एचबिपि शल्यक्रिया गरी विश्वकै एक मात्र चिकित्सकको रुपमा रहनु भएको छ । उहाँ मित्रराष्ट्र चीनको बहालवाला उच्च पदस्थ आर्मी अस्पतालको चिकित्सक हुनुहुन्छ ।





















