इन्डोनेसियामा ज्वालामुखी बिस्फोट ज्यान गुमाउनेको संख्या १६८ पुग्यो, ७४५ जना घाइते

277

इन्डोनेसिया / इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको छ । बिस्फोटभएसंगै आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो ।पानीमुनि पहिरो गएका कारण सुनामी आएको छ ।

शनिबार राति अबेर सुनामी गएको हो । स्थानीय समय अनुसार शनिबार राति ९ बजे ज्वालामुखी बिस्फोट भएको र साढे ९ बजेतिर सुनामी आएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ । सुनामीका कारण ज्यान गुमाउनेको संख्या १६८ नाघेको छ । अहिलेसम्म कम्तिमा १६८ जनाको ज्यान गएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

सुनामीका कारण जाभा र सुमात्रा टापुमा रहेका आइल्याण्डका बासिन्दा प्रभावित भएको छन् । कम्तिमा ७४५ जना घाइते भएका छन् । धेरै मानिस अझै बेपत्ता रहेको र सयौँ भवन भत्किएको विपद व्यवस्थापन एजेन्सीले उल्लेख गरेको छ ।

यसअघि सन् २००४ को डिसेम्बर २६ मा भूकम्पपछि गएको सुनामीमा परेर १३ देशका दुई लाख २६ हजार मानिसको ज्यान गएको थियो । यसरी ज्यान गुमाउनेमा इन्डोनेसियाका एक लाख २० हजार भन्दा धेरै थिए ।

स्थानीय अधिकारीले प्रभावितहरुलाई तत्कालका लागि प्रारम्भीक राहत दिइएको जनाएका छन् । तथ्यांक संकलन भइरहेकाले ज्यान गुमाउने, घाइते तथा भौतिक क्षतिको मात्रा बढ्न सक्ने स्थानीय अधिकारीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here