धर्मलाई मान्यता दिनेबारे प्रचण्डको यस्तो कडा अभिव्यक्ति

184

चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको र अब राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने जनाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी चितवनले आज यहाँ आयोजना गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै सो कुरा जनाएका हुन् ।

राज्यले सबै धर्मप्रति आस्था राख्ने जनतालाई समान व्यवहार गर्नुपर्ने भन्दै उनले भने, ‘कम्युनिष्ट पार्टीका नेता पुष्पलालको कुरा गरौं या नेपाली काङ्ग्रेसका वीपीको उहाँहरु संस्कार विरुद्ध, एउटा वैज्ञानिक मान्यता, अन्धविश्वासका निमित्त वैज्ञानिक धारणा स्थापित गर्न लाग्नुभयो ।’

जनताको आस्थालाई अपमान गर्ने कसैको पनि मान्यता नभएको भन्दै अध्यक्ष प्रचण्डले जनताको आस्थालाई सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘तर राज्य ती विविध आस्थाप्रति निरपेक्ष रहनुपर्दछ, राज्यले भेदभाव गर्नु हुँदैन भन्ने लोकतन्त्रको आधारभूत कुरा हो ।’

धनकुमारी सुवेदीको को १२औँं दिनको पुण्य तिथिमा कार्यक्रम आयोजना गरिएको हो । उनका श्रीमान्, दुई छोरा र तीन छोरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here