भूमिगत विप्लवले कार्यक्रममा सम्बोधन गरे

58

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १२६ औं माओ दिवसको अवसरमा आफ्ना नेता कार्यकर्ता तथा जनतालाई खुला कार्यक्रममा सम्बोधन गरेका छन् ।

सम्बोधन गर्दै उनले महान चिचिया सर्वहारा क्रान्तिका महान नेता माओको स्मरण गर्दै उहाँको विचारलाई नेपाल कम्युनिष्ट पार्टीले नेपालको मौलिकतामा लागू गर्नेसमेत जनाए ।

उनले एउटा सामान्य किसान परिवारमा जन्मेर पनी माओले जापानी साम्राज्यवादीको तख्ता पल्टाईदिएको स्मरण गर्दै नेपालमा पनि जनवादी क्रान्ति सम्पन्न हुदैन भन्नेहरु लाई आफूहरुले जुनसुकै हालतमा करोडौं जनताको साथ लिएर क्रान्ति गरेरै देखाईदिने उद्घोष समेत गरेका थिए ।

विप्लवले सम्बोधन गर्ने भनेपछि हजारौ नेता कार्यकता तथा शुभचिन्तक जनताहरुको भीड लागेको उक्त कार्यक्रममा विप्लवले क्रान्ति धेरै अगाडी बढेको र अब युवा, विद्यार्थी, किसान, मजदुर, महिलाले आफ्नो भूमिका पूरा गर्नेगरी मोर्चा समाल्न समेत अपिल गरे ।

नाम गोप्य राखिएको एक गाउँमा सम्बोधनमा विप्लव स्टेज चढ्दा जनताहरु उत्साहित हुदै नाराबाजी गरेका थिए, कार्यक्रममा सहभागी एक नेताले नाम नखोल्ने सर्तमा जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here