केहि समय देखि बिरामी भएर क्यानाडामा उपचार गराई राखेका बलिउडका चर्चित हाँस्य कलाकार कादर खानको निधन भएको छ ।
८१ वर्षीय कादर खानको स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पताल गराउँदा गराउंदै ठिक हुन् सट्टा उनी कोमामा पुगेका थिए । आज उनको मृत्युले बलिउडले एउटा प्रतिभिाविान कलाकार गुमाएको छ ।
कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी ९पीएसपी० डिसअर्डर नामक रोग लागेको थियो । यस रोगका कारण कादर खानको दिमागले समेत काम गर्न छोडेको जनाइएको थियो । सामाजिक सञ्जालमा कादर खानका फ्यान तथा बलिउड कलाकारले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका थिए ।
‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले करिब ३०० वटा फिल्ममा अभिनय गरिसकेका छन् भने हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।


















