सरकार खोज्न कलंकी–नागढुंगा जानुहोला भनेका प्रधानमन्त्री ओलीको सरकार कता छ खै ?

287

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्न कलंकी–नागढुंगा जानुहोला भनेको करीब एक महिनापछि उक्त स्थानमा पुग्दा सरकार भेटिनु त परको कुरा सरकारको छायासम्म पनि देखिएन ।

 ‘योगदानमा आधारित सामाजिक सुरक्षा’ कार्यक्रम घोषणा गरिरहँदा गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘सरकार खोज्न केही समयपछि कलंकी–नागढुंगा सडक खण्डमा जानुहोला ।’

कलंकीदेखि केही परसम्म, बीचमा अलिकति र नागढुंगा क्षेत्रमा थोरै सडक पीच भए पनि अधिकांश भाग दयनीय अवस्थामा छ । ताततै खाल्डा खुल्डी बाटोले धुलाम्य बनेको छ ।  राजधानी प्रवेश गर्ने मुख्य सडक सडक भएर यात्रा गर्ने यात्रुहरूले कहिलेसम्म यस्तो सास्ती बेहोर्नुपरेको अवस्था छ ।

नागरिकहरू कलंकी–नागढुंगा खण्डमा सरकार खोजिरहेका छन्, तर भेटिने कुनै छाँटकाँट छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here