पूर्वकप्तान एलबी क्षेत्रीको ‘कप्तान १९९८’ सार्वजनिक

219

काठमाडौं/राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ विमोचन भएको छ ।

क्रिएटिभ बुक्सले प्रकाशन गरेको पूर्वकप्तान क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ शुक्रबार विमोचन भयो । उक्त पुस्तक नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, विनोद दास, उत्तम कर्माचार्यले सार्वजनिक गरेको थियो ।

विमोचन कार्यक्रममा लेखक तथा पुर्व कप्तान क्षेत्रीले आफ्नो आत्माले जे देख्यो त्यो लेखेको बताउनु भयो । ‘जुन कुरा मैले बुझेँ, देखेँ, हेरे त्यो कुरालाई लिपिबद्ध गर्ने जमर्को गरेको छु ।’

‘म बंगालमा पढेँ, हुर्किए । जीवनको चुनौती एकातिर, खेल जीवन अर्कोतिर । त्यो बेला कस्तो समस्या आएको थियो । त्यो कुरालाई समेटेको छु ।’

त्यस्तै, नेपालका पूर्वकप्तान पवन अग्रवालले यो किताबले खेलाडीलाई प्रोत्साहन पुग्ने दाबी गर्नु भयो ।
कार्यक्रममा नेपाली क्रिकेटका पूर्वकप्तान तथा नेपाली महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले यो किताबले नेपाली क्रिकेटको बारेमा धेरै कुरा बताउने भन्दै साहसिक कदम चालेको बताए ।

पूर्वकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानको भूमिका निर्वाह गरेका थिए । उनी नेपालको पहिलो उपकप्तानसमेत हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को विवाद अन्त्य गर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको सदस्य रहंदै महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वकप्तान क्षेत्रीले नेपाली महिला क्रिकेटको विकास गर्न ठूलो योगदान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here