खप्तड गोल्डकप पुलिससँग मोरङ पराजय

110

धनगढी/नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा जितेर क्वार्टरफाइनलमा प्रवेश भएको छ । बुधबार धनगढी रंगशालामा भएको खेलमा मोरङ एघारलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलका लागि अर्को खेल पुलिसले ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । पुलिसको सफलताको लागि तीर्थ रानाले ह्याट्रिक गोल गरेका थिए । खेलको सुरुवाती समयदेखि दवाव बनाएको पुलिसले तीर्थ रानाले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३५औं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तिर्थले अर्को गोल गर्दै पुलिसलाई दोब्बर अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा तेज तामाङले डिबक्सबाहिरबाट प्रहार गरेको बल पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । खेलको अतिरिक्त समयमा अभिषेककै पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्याट्रिक गोल गर्दै पुलिसलाई जित दिलाएका तिर्थ म्यान अफ द म्याच घोषित हुँदै १० हजार नगद प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here