मोरङ / मोरङको बिराटनगर महानगरपालिका १५ रामजानकी चौकमा शुक्रबार मध्यान्ह अज्ञात वस्तु बिस्फोट भएको छ ।
बिस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गमिभर घाईते भएकी छिन । बिस्फोट भएको स्थान नजिकै खेलिरहेका सुवास मण्डलका छोरा ११ बर्षिय अमित मण्डलको उपचारका लागी गोल्डेन अस्पताल लैजाने क्रममा मृत्यु भएको छ भने राजेश मण्डलकी ८ बर्षिया छोरी राधिकुमारी मण्डलको कोशी अञ्चल अस्पतालमा गम्भिर अबस्थामा उपचार भईरहेको छ ।
मोरङ प्रहरीले बिस्फोटको पुष्टि गरेपनि के बिस्फोट भएको भन्ने जनाएको छैन । स्थानीय अनिल मण्डलका अनुसार सो क्षेत्रमा सिलिण्डर बिस्फोट भएको जनाईएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















