बर्दिया पिकअप भ्यानले ठक्कर दिँदा एउटा पाटेबाघ गम्भीर घाइते भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको कोरएरीया कुवाभारमा पूर्वबाट पश्चिमतर्फ गइहेको वा ८ च ३९१८ नम्बरको पिकअपले ठक्कर दिँदा लोपोन्मुख पाटेबाघ गम्भीर घाइते भएको हो। घाइते बाघलाई उपचारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पुर्याइएको छ।
तिब्र गतिको पिकअपले ठक्कर दिँदा बाघका सबै दाँत र अगाडिको एउटा खुट्दा भाँचिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिए।
निकुञ्जले सवारीसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।


















