काठमाडौं / भारत भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सन् १०५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको छ ।
भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले थापालाई भारतीय स्थल सेनाको मार्नाथ महारनथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

















