अभिनेता वरुण धवन र सारा अली एकसाथ पर्दामा देखिने भएका छन् । केही महिना अगाडि साराको डेब्यु फिल्म ‘केदारनाथ’ र हालै ‘सिम्बा’ सुपरहिट भयो ।
डिएनएको एक न्यूज रिपोर्टका अनुसार, सारालाई सुपरहिट फिल्म ‘कुली नम्बर वान’ को रिमेकका लागि वरुणको अपोजिटमा कास्ट गरिएको छ । कमेडी जनराकोे मूल फिल्ममा करिश्मा कपूर र गोविन्दा लिड रोलमा थिए ।
वरुण धवन र सारा अली खानको उक्त फिल्मलाई निर्देशक डेविड धवनले निर्देशन गर्नेछन्, मूल फिल्मको निर्देशन पनि उनैले गरेका थए । द वन इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । यो रिमेक फिल्ममा नयाँ जोडीको खोजी भइरहेको थियो र डेविडलाई लाग्यो कि सारा यसका लागि फिट हुन्छिन् ।
खबरअनुसार, सारालाई यो फिल्मका लागि उनको पहिलो फिल्म ‘केदारनाथ’ भन्दा अगाडि नै अप्रोच गरिएको थियो । यो रिमेक फिल्ममा पुरानो कहानीलाई ‘मोर्डनाइज’ गरेर देखाइनेछ । तर, जहाँ सारा अली खान, करिश्मा कपूरको भूमिका निभाउनेछिन् त्यहाँ खबर यो छ कि उनको भूमिकामा केही बदलाव हुन सक्नेछ ।एजेन्सी

















