काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र एम.आर. डाएगोनस्टिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि. बीच सम्झौता भएको छ।
एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि.सँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्भौतापत्रमा एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि.का सञ्चालन निर्देशक डा.सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गर्नुभएको हो ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।
उक्त सम्झौता पश्चात एम.आर. डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर प्रा.लि., विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit), क्रेडिट(Credit),प्रिभिलेज (previlige) कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पु¥याउने उद्देश्यले १३३शाखा, १४२ एटिएम,७ एक्सटेन्सन काउण्टर, १५राजश्व संकलन काउण्टर,११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तैबैंकलेअत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्गसेवा,इन्टरनेट बैंकिंङ्गसेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि/ सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।


















