सिरहा / राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ५ ख २५८८ नम्बरको नवदुर्गा बस सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा दुर्घटना भएको छ। शुक्रबार बिहान भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका छन्।
दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी गराए। उनका अनुसार घाइतेको विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।
३ जना गम्भीर र अरु समान्य घाइते भएको बुझिएको निरीक्षक मिलन जनाए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जनाए ।


















