बानेश्वर झडपमा नेविसंघका दर्जनौं कार्यकर्ता पक्राउ

246

काठमाडौं /  नेपाल विद्यार्थी संघका केन्द्रिय सह महामन्त्री एंव पञ्चदेवल विनायक नगरपालिका, अछामकी अम्बिका चलाउने सहित दर्जनौं कार्यक्रता पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा विधेयक जबरजस्ती  पास गराएको भन्दै नेपाल विद्यार्थी संघले आज नयाँ  बानेश्वरमा गरेको विरोध प्रर्दशनका क्रममा उनिहरुलाई प्रहरीले पक्रउ गरेको हो ।

पक्राउ पर्नेमा केन्द्रिय उपाध्यक्ष पवन यादब , केन्द्रिय सदस्यहरु गीता गुरुङ , चन्द्र बिक , सुमन पाण्डे ,खड्ग सुब्बा ,मेघा शाही ,सृजना मल्ल ,प्रेम शाहि, सन्दिप ढकाल ,असोक बिष्ट ,प्रेमिका रानामगर ,पुजा फुँयाल ,लोकेन्द्र शाह ,जोगमाया रावल ,सञ्जित श्रेष्ठ लगाएत रहेका छन ।

सरकारको विरोध गर्दै डा.केसीको जीवन रक्षा गर, निर्मलालाई न्याय देउ जस्ता नारा उनीहरुले लगाउने क्रममा पक्राउ परेका थिए ।

सरकारले पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेल्ने नीति बनाएपछि कांग्रेससंगै उसका भ्रातृ संगठनहरु आक्रामक बन्दै सडक उत्रिएको हो ।

सरकारले  कठोर नीति लिएको आरोप लगाउदै विद्यार्थीहरुले नेपाली कांग्रेसका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि आन्दोलन गरेका हुन् ।

त्यसैगरी सत्याग्रही डा.गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन चर्काएको छ ।

सरकारले गरेका गलत कामको शान्तिपुर्ण ढंगबाट बिरोध गर्दैमा प्रहरी प्रशासन परिचालित गरि आफुहरुलाई पक्राउ गर्नाले सरकार अधिनायकबाद तर्फ लम्केको कुरा प्रष्ट भएको सहमाहामन्त्रि तथा उप मेयर चलाउनेको भनाई छ ।

पक्राउ परेकी चलाउने आउँदै गरेको नेविसंघको अधिवेशनमा अध्यक्ष पदको मुख्य दावेदारमा हुनुहुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here