ब्राजिलमा बाँध भत्केर ५८ मृत्यु, ३०५ जना बेपत्ता

30

रियो दि जनेरियो/ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने ३०५ जना अझै पत्ता रहेका छन् । बेपत्ता हुनेमा प्रायः खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीका मजदुरहरु र स्थानीय बासिन्दा परेका छन् । भेलले बनाएको बाँध भत्किएपछि बेपत्ता भएकाहरुको उद्धार तथा खोजी कार्य पनि जारी रहेको अधिकारीहरुले बताएका छन् । जीवितै उद्धार गरिएकामध्ये केहीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको उनीहरुले जनाएका छन् ।
“हामी अरु पनि जिवितै भेटिन्छन् कि भनेर खोजी गरिरहेका छौँ,” उद्धार कार्यमा खटिएका एक सुरक्षाकर्मीले बताए ।
बेपत्ता भएकाहरु मध्ये अधिकांश जिवितै भेटिने संभावना कम रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here