काठमाडौं / गायक प्रमोद खरेलले शहिद दिवसको अवसर पारेर ‘शहीद’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन्।
देशका लागि प्राण बलिदान गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति समर्पित गर्दै गायक खरेलले गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा खरेलले आफ्नै शब्द, संगीत र स्वर समावेश गरिएको छ भने फणिन्द्र राईको संगीत संयोजनमा यो गीतको कार्टुन भिडियो निर्माण गरिएको छ ।
भिडियोमा गरिएको पेन्टिङ आर्ट भने रोहन गुरुङको रहेको छ । भिडियोमा गिटारमा सुदिप सागर देखिएका छन् भने गायक खरेल समेत आफैं प्रस्तुत भएका छन् । भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :















