काठमाडौँ, सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ । मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले शुक्रबार राजीनामा दिएकी थिइन् । उनका पूर्व चालकले मानव तस्करीको आरोप लगाएपछि शेर्पामाथि सरकारले छानबिन सुरु गरेको थियो । परराष्ट्र मन्त्रालयले गठन गरेको छानविन समितिले रिपोर्ट बुझाएपछि शेर्पालाई राजिनामा दिन सुझाव दिइएको थियो । उनी हालै मात्र अष्ट्रेलिया पुगेर फर्केकी थिइन् ।
















