पोखरामा सरकारी गाडीमा आगजनी, आधा दर्जन नेविसंघका नेता गिरफ्तार

201

 कस्की / सरकार विरोधी आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कास्किको पोखरामा सरकारी गाडी जलाएको छ।

नेविसंघ कार्यकर्ताले पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडी आज बिहान शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको भ्यान जलाएका हुन्। सनिवारको दिन पनि सरकारी गाडी चलाएर सरकारी सेवा सुबिधाको दुरुपयोग गरेको भन्दै पोखरामा आज नेपाल विद्यार्थी संघले गाडी जलाएको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले जानकारी दिए।

सरकारी गाडी जलाएको भन्दै प्रहरीले नेपाल विद्यार्थी संघका नेता डिफान बुझेल, बिनय पौडेल, राजेन्द्र बराल , प्रसुराम बस्नेत र लक्ष्मी प्रसाद पौडेललाई पक्राउ गरेको छ। चिकित्सा शिक्षा विधेक संसद बाट जबर्जस्ती पास गरेपछि आन्दोलित बनेको नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारले पारित गरेको चिकित्सा शिक्षा विधेक खारेज नभए सम्म आन्दोलन जारी राख्ने नेपाल विद्यार्थी संघका नेता शाहले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here