शनिबार विहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अब पनि सूचना टाँस गरेर संसद बैठक स्थगित हुने वातावरण नहुने विश्वास व्यक्त गर्नुभयो ।
उपसभामुखले राजिनामा दिने र सभामुख नेकपाबाटै हुने उहाँले जनाउनुभयो । सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उहाँको धारणा थियो ।
आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका बारेमा सचिवालयको बैठकमा छलफल भएको बताउँदै राष्ट्रहित र स्वाधीनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँडै उचित निर्णय लिने जनाउनुभयाे ।
आगामी २०७७ साल भित्र पार्टीका सबै कमिटीको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उहाँले जनाउनुभयाे ।


















