सरकारको सिफारिसमा भारतका लागि निलाम्बर आचार्यलाई राजदूत नियुक्त

98

काठमाडौं /  भारतका लागि नेपालका आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् ।

संविधानको धारा २८२ को उपधार ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको  हाे । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई राजदूतमा नियुक्त गिरएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्बाट भारतका लागि राजदूतमा सिफारिस भएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here