चिनियाँहरू शवसँग विवाह गर्ने ‘भूत विवाह’

39

चिनियाँ युवतीको शव कफिनसहित हराएपछि सनसनी मच्चिएको छ । चिहानबाट युवतीको शव हराउनुमा त्यहाँ प्रचलित ‘भूत विवाह’ को आशंका गरिएको छ । ‘मिंघम’ वा ‘आत्मा विवाह’ का रूपमा चिनियाँहरू शवसँग विवाह गर्छन् ।

शवसँग विवाह गर्दा जीवनभर मात्र नभई मृत्युपछि पनि शान्ति मिल्ने चिनियाँ विश्वास छ । विशेषगरी नवविवाहित वरबधुमध्ये एकको अचानक मृत्यु हुँदा वा पहिलो सन्तान मर्दा त्यस्तो विवाह गरिन्छ । १८ वर्षको उमेरमै बितेकी ती युवतीको शव त्यस्तै विवाहका लागि चोरिएको हुन सक्ने आफन्तको धारणा छ ।

झन्डै दुई दशकअघि चिहानमा गाडिएकी युवती हराएपछि आफन्त भावविह्वल छन् । आफन्तका अनुसार केही समयअघि एक मानिस भूत विवाहका लागि युवतीको शव खरिद गर्न घरमै आएका थिए । तर उनीहरूले मानेनन् ।

चिनियाँ प्रहरी कफिनसहित हराएको शवको खोजीमा लागिपरेको विदेशी सञ्चार माध्यमले लेखेका छन् । सन् २००६ को अगस्तमा चीनले आधिकारिक कानुन ल्याएर शव किनबेचमा प्रतिबन्ध लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here