जनयुद्व दिवस माग पूरा नगरी मनाएकोमा जनयुद्वका घाईते आक्रोशित

185

काठमाडौं / २४ औँ जनयुद्वदिवसको अवसर पारेर जनयुद्वका घाईते, अपाङ्ग तथा बेपत्ता व्यवस्थापन समितिले आज एक कार्यक्रमको आयोजना गर्दै सरकारले आफुसंग गरेका सम्झौताहरुलाई कार्यान्वयन नगरेको भन्दै गुनासो पोखेको छ ।

मेडिकल बोर्ड तथा शान्ति समितीकोे सिफारिशमा परेका घाईतेहरुलाई तत्काल उपचारार्थ विदेश पठाईनुपर्ने, घाईते परिषद तत्कालै खारेज गरी जीवन निर्वाह भत्तासहित सामाजिक सुरक्षामा वृद्धि हुनेगरी तत्काल नयाँ समितीको गठन हुनुपर्ने, घाईतेहरुले पेश गरेको बिल भरपाई तुरुन्त लागु गर्नुपर्ने र राज्यले प्रदान गर्नुपर्ने गणतान्त्रिक सेनानी कार्ड तत्कालै वितरण गर्नुपर्ने लगायतका आफ्ना मागहरुमा ध्यानदिन सरकारलाई सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै जनयुद्वका घाईते रमेश कालिकोटेले सरकारले आफुहरुसंग गरेका सम्झौताहरुलाई कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखे । उनले भने,‘हाम्रामागहरु पूरा नगरी जनयुद्व दिवस मनाएकोमा आपत्ति छ ।’ सरकारले घाईते तथा शहिदहरुको रगतको मसिले लेखिएको गणतन्त्रमा आफुहरुलाई अधिकारबिहिन बनाएको उनको आरोप छ ।

सरकारले विशाल सभा गरेर जनयुद्व दिवस मनाईरहदा जनयुद्वका प्रत्यक्ष योद्वाहरु अझै शरिरभरि क्रान्तीको निशाना र पीडा बोकेरै बाँचिरहेको पनि उनले जनाए । उनले भने,  ‘हाम्रै बलिदानले देशमा परिवर्तन आएको होईन र?किनहामीलाई बलिदानको उपहारमाआज गृहमन्त्रालय प्रवेशमा रोक लगायौ ?।’

आफ्ना मागहरुको बारेमा गम्भिर बन्न पनि उनले सरकारलाई आग्रह गरे । उनले भने,‘हाम्रा मागहरुको सम्बोधन हुनुपर्छ । यदि सम्बोधन भएन भने हामी देशभरि रहेका हजारौ जनयद्व पिडितहरु संघर्षको कार्यक्रममा उत्रिन बाध्य हुन्छौं ।’ उनले देशले खोजेको परिवर्तन न्याय र समृद्व अधिकारको लागि भएको तर अधिकारका लागि लड्ने आफूहरुलाई नै आज अधिकारबिहिन बनाईएको गुनासो पोखे । निम्ति कालो दिनभएको उनले धारणा राखेका थिए । आफुहरुको समस्याका बारेमा स्वास्थ मन्त्रालयमा जानकारी गराउन खोज्दा पार्टी कार्यालयमा गएर धर्नामा बस भन्ने मन्त्री कसको बलिदानले पदको लाभमा बसेका हुन भन्ने प्रश्न समेत उनले तेर्साए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here