-राकेशकुमार शर्मा
पुर्व प्रधानन्यायाधीश राम प्रसाद श्रेष्ठ, खिलराज रेग्मी, कल्याण श्रेष्ठ, सुशीला कार्की र हालको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणालाई म के भन्न चाहन्छु भने मेरो कुरा राजनीतिक कुराहरु संग सम्बन्धित कुरा नभई मुलुकमा के अन्याय भइ रहेको छ त्यो संग सम्बन्धित कुरा हो तर्क (१)विक्रम सम्वत २०६३ साल जेठ ०४ गते बसेको मन्त्रीपरिषद र प्रतिनिधि सभाको पहिलो बैठकले निरंकुश राजतन्त्रको अन्त्य भनेको छ।कानुनी रूपमा संवैधानिक राजतन्त्र (विक्रम सम्वत २०४७ सालको संविधान) को अन्त्य भएको छैन।यसकारण वास्तविक रूपमा विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान मरिसकेको छ।हाम्रो मुलुकमा संविधान छ त केवल विक्रम सम्वत २०४७ सालको संविधान छ नत्र मुलुकमा कुनै संविधान छैन मुलुक शुन्यताको अवस्थामा छ।
पुर्व प्रधानन्यायाधीश राम प्रसाद श्रेष्ठ, खिलराज रेग्मी, कल्याण श्रेष्ठ, सुशीला कार्की र हालको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणा ज्यु कुनै पनि विषय वस्तुमा पहिलो बैठक अति महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि स्मरण गराउन चाहन्छु।
पुर्व प्रधानन्यायाधीश राम प्रसाद श्रेष्ठ, खिलराज रेग्मी, कल्याण श्रेष्ठ, सुशीला कार्की र हालको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणा ज्यु म सर्व साधारण नागरिकको हैसियतले मिति २०७५ साल मंसिर २७ गते छुट्टाछुट्टै दुई वटा निवेदन (१)विक्रम सम्वत सालको संविधानको पुनः वहाली र (२)संघीयता तत्काल खारेज गरि पाउं भनी निवेदन लिएर जांदा सर्वोच्च अदालतका रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय, नेत्र प्रकाश आचार्य र कृष्ण प्रसाद अधिकारीले मेरो निवेदन दर्ता गर्न मानेनन् र मेरो खिल्ली उडाए।सर्वोच्च अदालत बाट मैले कानुनी उपचार र न्याय पाउंछु भन्ने धेरै ठुलो आशा राखेको थिए।तर आशा निराशामा परिणत भयो।सर्वोच्च अदालतमा बलेको आगो तापने ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी अवसरवादी माफिया र बिचौलियाहरु छन।
प्रधानन्यायाधीश ज्यु हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र नामको दुरुपयोग भइ लुटतन्त्र मात्र छ।दिनहुँ ज्यादती,हत्या हिंसा र ढण्डहिनता बढदै गएको छ।प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र मुलुक भारत, चाइना र अमेरिका जस्ता मुलुकहरूलाई भनिन्छ।हाम्रो मुलुकमा बेला बखतमा नेपाल बन्द गरी नागरिकहरुलाई दुस्ख र सास्ती दि राख्ने यही हो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र?भारतमा नरेन्द्र मोदीले माफियाहरुले लुकाई छुपाई राखेको अवैध भारतीय नोटमा प्रतिबन्ध लगाएपछि भारतका नागरिकहरुले भारु नोट हरुलाई नदीमा फाले नोटहरु जलाए र नोटहरु च्याते तर भारतका राजनीतिक दलका नेताहरूले एक दिन पनि भारत बन्द गरेनन् ।एक दिनको मुलुक बन्दले मुलुकलाई कति घाटा हुन्छन् भन्ने कुरा भारतका राजनीतिक दलका नेताहरूलाई थाहा छ।यसलाई भनिन्छ राष्ट्र प्रतिको माया, वफादारी र राष्ट्रवादी।तर हाम्रो मुलुक नेपालमा राष्ट्र प्रतिको चिन्ता, माया, वफादारी र राष्ट्रवादी पन कुनै पनि राजनीतिक दलका नेताहरूमा देखिएन।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणा ज्यु न्यायको पक्षमा फैसला गर्न विलम्ब नगर्नु होस।छिटो फैसला गर्न अनुरोध गर्दछु।आफ्नो भने अनुकूलको काम भएन भने र हां मा हां नमिलायो भने यी राजनीतिक दलका नेताहरूबाट महाअभियोग लगाउने काम शुरु हुन्छ।प्रधानन्यायाधीश ज्यु राजनीतिक दलका नेताहरुको हेपाई सहेर कति बस्नु हुन्छ?प्रधानन्यायाधीश ज्यु विलम्ब नगरी न्यायको पक्षमा छिटो भन्दा छिटो फैसला गर्न अनुरोध गर्दछु।

















