संघीयता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापन पत्र

232

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेज गरी मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

आज कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राखी प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

धर्म निरपेक्षताको तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न ज्ञापन पत्रमा सरकारसँग माग गरिएको छ ।

पार्टीले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायमै गर्न सरकारलाई दबाव दिन भन्दै आजबाटै जनसंघर्षका कार्यक्रम घोषणा गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here