काठमाडौं / आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।
पुसको अन्तिम सातादेखि आन्दोलन सुरु गरेका चिकित्सकहरुले आइतबार सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो । अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने, त्यसपछि पनि माग सम्बोधन नगरिए सामूहिक राजीनामा दिने जनाइएको छ ।
सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच आज भएको छलफलमा पनि कुनै सहमति नभएपनि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग रहेको छ ।


















