एनआइसी एसिया बैंकको पोखरामा नयाँ शाखा विस्तार

202

काठमाडौं / एनआइसी एसिया बैंकले पोखरा महानगरपालिका ५ पस्र्यांङमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसीले उक्त शाखाको उद्घाटन गरे ।

बैंकको मुलुकभर २ सय ७७ शाखा कार्यालयहरू, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखा रहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब एक सय ७१ अर्ब तथा कर्जा एक सय ४९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here