मन्त्री अधिकारीका आमाबुबालाई काठमाडौं ल्याइयो

238

काठमाडौं / हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ ।

दुर्घटना भएको खबरपछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको पोखरा महानगरपालिका मालेपाटनस्थित घरमा पुगेका थिए ।  दुर्घटनाको खबर पाएलगत्तै आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं ल्याइएको हो ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको हो । हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here