सामाजिक संजाल बन्द गर्ने गलत समाचार ! सूचना मन्त्रालयको गम्भीर ध्यानाकर्षण

429

काठमाडौं / सूचना तथा सञ्‍चार मन्त्रालयले सूचना विभागको नाम राखी Facebook / Twitter जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फैलाउन खोजेको प्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

सामाजिक संजाल फेसबुक लगायतका प्रयोगकर्तावाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्वन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै यस मन्त्रालय र अन्तर्गतवाट कुनै पनि सामाजिक संजाल वन्द गर्ने सम्वन्धी सूचना प्रकाशित नगरेको जनाएको छ ।

त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न प्रक्रिया शुरु भैसकेको तथा सामाजिक सञ्जाल संचालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालवाट हटाउन अनुरोध गरिसकेको जानकारी गराएको छ ।

मन्त्रालय प्रेस विज्ञप्ती जारी गर्दै यस प्रकारको गलत/भ्रामक सूचना आ-आफ्नो सामाजिक संजाल खातावाट पोष्ट, रिपोष्ट, लाइक गरेको भए हटाउन/नगर्न समेत सवैलाई जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here